२०८३ बैशाख १३ गते , आईतबार

झापामा २०८ जना संक्रमित थपिए, १८३ जना निको, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २० गते , विहीबार
झापामा २०८ जना संक्रमित थपिए, १८३ जना निको, एक जनाको मृत्यु

झापा । झापामा विहीबार २०८ जना कोरोना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा १ जना छन् । जसमा दमकका ७० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार आज ७२ महिलासहित २०८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा २ महिलासहित ८ जना, बिर्तामोडमा १३ महिलासहित २८ जना, गौरादहमा १ जना महिला, मेचीनगरमा २१ महिलासहित ६३ जना, भद्रपुरमा ६ महिलासहित ८ जना, कनकाईमा २ महिलासहित ४ जना, अर्जुनधारामा ४ महिलासहित १० जना, गौरीगञ्जमा १० महिलासहित २० जना, कचनकवलमा १ जना पुरुष, कमलमा १ जना महिला, शिवसताक्षीमा ७ महिलासहित १६ जना, बाह्रदशीमा १ जना महिला, झापामा ३ जना पुरुष र ठेगाना नखुलेका ४ महिलासहित ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । 

योसँगै झापामा जम्मा संक्रमितको संख्या ११०५४, डिस्चार्ज ६४६३, आइसोलेसनमा ४२९८ जना, कुल संक्रमित एन्टिजेन १०१४ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २५२ जना र आज निको भएर घर फर्किएका १८३ जना रहेको छ । 

सम्बन्धित समाचार