२०८३ बैशाख १५ गते , मंगलबार
प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुससहित पक्राउ परेका छन्। उनलाई ५० हजार घुषरकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता सुरेश न्यौपानेद्धारा आज बिहान जारी विज्ञप्तिमा उल्लेख छ।
पोखरा कार्यलयबाट खटिएको टोलीले थापा क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा हिजो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। प्रहरी वरिष्ठ हवल्दार थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पाइएको छ।