२०८३ बैशाख १३ गते , आईतबार

झापा घर भएका न्यायाधीशको कोरोनाबाट निधन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २१ गते , शुक्रबार
झापा घर भएका न्यायाधीशको कोरोनाबाट निधन

झापा । झापाको धुलाबारी निवासी धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोनाबाट निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मेचीनगर–१० स्थित लालपानी निवासी न्यायाधीश पौडेल काठमाडौँमा नै घर बनाएर बस्दै आएका थिए । उनले धुलाबारी माविबाट २०४३ सालमा एसएलसी दिएको बताईएको छ ।

सम्बन्धित समाचार