२०८३ बैशाख १३ गते , आईतबार
ताप्लेजुङकी संक्रमित महिलालाई हेलिकप्टरबाट उपचारका लागि बिएण्डसी ल्याइयो
झापा । ताप्लेजुङबाट कोरोना संक्रमित बिरामीलाई हेलिकप्टर एयर वेड सिफ्ट गरी उपचारको लागि बिएण्डसी अस्पताल ल्याएका छन् । ताप्लेजुङकी ४४ वर्षिया करुणा ओली बिमलीलाई शुक्रबार हेलिकप्टर एयर वेड सिफ्ट गरी बिएण्डसी अस्पताल ल्याइएको हो । उनलाई कोभिडको आइसियूमा भर्ना गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । हालसम्म २७ जना एयर लिफ्ट गरी बिएण्डसी आईसकेका छन् ।
प्रदेश १ का विरामीका साथै देशका विभिन्न स्थानहरु दाङ, सुर्खेत , सोलुखुम्बु , ओखलढुंगालगायत विशेषतः काठमाण्डौमा कोरोना संक्रमणका कारण संवेदनशील अवस्थामा पुगेका र ती स्थानहरुमा उचित उपचार संम्भव नभएका विरामीहरु बिएण्डसी अस्पताल आएको जनसम्पर्क अधिकारी गिरीले जनाए ।