२०८३ बैशाख १३ गते , आईतबार

झापामा सात जनाको कोरोनाबाट मृत्यु, थपिए १५४ जना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
झापामा सात जनाको कोरोनाबाट मृत्यु, थपिए १५४ जना संक्रमित

झापा । झापामा शनिवार सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ, भने १५४ जना कोरोना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा बिर्तामोड–१ की ५६ वर्षीय महिला, अर्जुनधारा–११ का ६० वर्षीय पुरुष, भद्रपुर–६ का ८४ वर्षीय पुरुष, दमक–१० का २७ वर्षीय पुरुष, बिर्तामोड–४ का ८५ वर्षीय पुरुष, उर्लाबारी–७ का ६० वर्षीय पुरुष र बाह्रदशी–७ का ५४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै शनिवार ६४ महिलासहित १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमकमा १६ महिलासहित ३७ जना, बिर्तामोडमा ७ महिलासहित ९ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा ३ महिलासहित ८ जना, भद्रपुरमा ६ महिलासहित १० जना, कनकाईमा ४ महिलासहित ८ जना, हल्दीबारीमा २ जना पुरुष, अर्जुनधारामा ६ महिलासहित ८ जना, बुद्वशान्तिमा १ जना पुरुष, गौरीगञ्जमा ५ महिलासहित १० जना, कमलमा ३ महिलासहित ५ जना, शिवसताक्षीमा ५ महिलासहित ७ जना, बाह्रदशीमा ६ महिलासहित ८ जना, झापामा ३ जना महिला र ठेगाना नखुलेका २ जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ । 

योसँगै झापामा जम्मा सङ्क्रमितको सङ्ख्या ११३७८, डिस्चार्ज ६७४८, आइसोलेसनमा ४३२७ जना, कुल संक्रमित एन्टिजेन १११८ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या २६२ जना र आज निको भएर घर फर्किएका २०३ जना रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार