२०८३ बैशाख ४ गते , शुक्रबार

आठ मन्त्री थपिए, यस्तो बन्यो 'ओली क्याबिनेट'

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २७ गते , विहीबार
आठ मन्त्री थपिए, यस्तो बन्यो 'ओली क्याबिनेट'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छिन्।

उनीहरुको आजै अपरान्ह ४ बजे शीतलनिवासमा शपथग्रहणको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

 

सम्बन्धित समाचार