२०८३ बैशाख १५ गते , मंगलबार

बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २८ गते , शुक्रबार
बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति

झापा । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । आयोग स्रोतले भन्यो, ‘सैद्धान्तिक सहमति भएको हो । तर बिएण्डसीको पक्षमा नै निर्णय हुन्छ । किनभने शिक्षा ऐनले पनि बीएण्डसीले सम्बन्धन पाउन रोक्दैन ।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ ।

आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको स्रोतको दावी छ ।

निजी मेडिकल कलेजको संगठनका अध्यक्ष बसरुद्धिन अन्सारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन आयोगलाई निर्देशन दिएका थिए । अनलाइनखबरबाट

सम्बन्धित समाचार