२०८३ बैशाख १५ गते , मंगलबार

कोरोनामुक्त भएकै दिन झापामा एक व्यवसायीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २९ गते , शनिबार
कोरोनामुक्त भएकै दिन झापामा एक व्यवसायीको मृत्यु

झापा । कोरोना संक्रमण भई उपचाररत शिवसताक्षी नगरपालिका दूधेका एक युवा व्यवसायीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय ती व्यवसायीको उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको हो । उनलाई गएको जेठ ११ गते कोरोना पोजेटिभ देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको शिवसताक्षी नगरपालिका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनको फोक्सोमा गम्भीर संक्रमण देखिएको थियो ।

लामो समय भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अवस्थामा उनको हिजो बेलुका मृत्यु भएको फोकल पर्सन अधिकारीले बताए । उनले भने, ‘ पटक पटकको पिसिआर पोजेटिभ देखिएपनि शुक्रबार गरिएको रिपोर्ट भने कोरोना नेगेटिभ आएको हो ।’ पिसिआर नेगेटिभ आएपछि परिवारले नै शव व्यवस्थापन गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । ती व्यवसायीले दूधे बजारमा कपडा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

सम्बन्धित समाचार