२०८३ बैशाख १५ गते , मंगलबार

आज ३३ सय कोरोना संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त र ६१ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २९ गते , शनिबार
आज ३३ सय कोरोना संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त र ६१ जनाको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा ६२९५ जना सङ्क्रमणमुक्त भएका छन्। यस्तै मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ। शुक्रबार ६७ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ।  हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।

सम्बन्धित समाचार