२०८३ बैशाख १५ गते , मंगलबार

आज थपिए २४०७ संक्रमित, ३९९४ कोरोनामुक्त, ४६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३० गते , आईतबार
आज थपिए २४०७ संक्रमित, ३९९४ कोरोनामुक्त, ४६ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा दुई हजार चार सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले आइतबार १२ हजार चार सय ६ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ भने तीन हजार ९ सय ९४ जना कोरोनामुक्त भएका छन।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ५८,ललितपुरमा एक सय १२ र काठमाडौंमा चार सय ८३ गरी कूल ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। 

सम्बन्धित समाचार