२०८३ बैशाख १५ गते , मंगलबार

रोटरी क्लब भद्रपुरले दियो मेची अस्पताललाई ६ लाख बढीको स्वास्थ्य सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३१ गते , सोमबार
रोटरी क्लब भद्रपुरले दियो मेची अस्पताललाई ६ लाख बढीको स्वास्थ्य सामग्री

झापा । सामाजिक संस्था रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताललाई करिब ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । 
रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुली, पूर्व एआइजी नवराज ढकाल र नेपाल उद्योग बाणिज्य सङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले सो सामग्री सोमबार एक कार्यक्रमका बिच अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र मेसु डा. टङ्कप्रसाद बाह्रकोटीलाई हस्तान्तरण गरेका हुन् । पूर्व एआइजी ढकालको पहलमा बोधिसत्वा विहारको सहयोगमा रोटरीले मेची अस्पताललाई १० थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, पिपिई,  मास्क, स्यानिटाइजर लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको रोटरीका अध्यक्ष पराजुलीले जानकारी दिए ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणको महामारीले सरकारी अस्पतालमा निःशुल्क उपचार गराउन आउने संक्रमित बिरामी र संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मीलाई लक्षित गरी सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।  स्वास्थ्य सामग्री वितरण कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), अस्पतालका चिकित्सक, कर्मचारी, रोटरीका सदस्यहरू, पत्रकार लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन रोटरीका सेक्रेटरी ईश्वर अधिकारीले गरेका थिए ।  

सम्बन्धित समाचार