२०८३ बैशाख १५ गते , मंगलबार

असार १ गतेदेखि बीएण्डसी अस्पतालमा नियमित ओपिडी सेवा पुनः सुचारु गरिने

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३१ गते , सोमबार
असार १ गतेदेखि बीएण्डसी अस्पतालमा नियमित ओपिडी सेवा पुनः सुचारु गरिने

झापा । बिर्तामोडस्थित बीएण्डसी अस्पतालले असार १ गतेदेखि नियमित ओपिडी लगायत सबै स्वास्थ्य सेवा सुचारु गर्ने भएको छ ।दोस्रो लहरको कोरोना भाइरसको महामारी सुरु भए लगतै बीएण्डसी अस्पतालले करिब एक महिना ओपिडी लगायत अन्य सबै प्रकारका सेवा बन्द राखेका थिए ।

संक्रमणदर घट्दै गएकोले भोलिदेखि ओपिडी सहित अन्य स्वास्थ्य सेवाहरू नियमित सञ्चालन गरिने अस्पताल प्रशासनले सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

विश्वमा महामारीको रूपमा फैलिएको कोभीड १९ का कारण धेरै मानिसको अकालमा भएको निधन प्रति दुःख व्यक्त गर्दै अस्पतालले संक्रमण क्रमशः घट्दै गएको र मृत्यु सङ्ख्या पनि कम हुँदै गएको पछिल्ला तथ्याङ्कले प्रस्ट पारिसकेकोले आम जनताको स्वास्थ्यलाई ख्याल गर्दै पुनः अस्पतालका सबै सेवा नियमित गर्ने निर्णय गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । 

सम्बन्धित समाचार