२०८३ बैशाख ४ गते , शुक्रबार

एक महिनाभित्र प्रदेश १ को नामकरण टुंगो लाग्छ : मन्त्री कार्की

sajilo news
पार्थ मण्डल
२०७८ असार १ गते , मंगलबार
एक महिनाभित्र प्रदेश १ को नामकरण टुंगो लाग्छ : मन्त्री कार्की

झापा ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकारले एक महिनाभित्र प्रदेशको नामकरण टुंगो लगाउने बताएका छन्। 

मन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नै निवासमा झापाली सञ्चारकर्मीसँग कुरा गर्दै जति सक्दो छिटो नामकरण टुंगो लगाउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। 

प्रदेशको नाम विवादरहित ढंगले सबैलाई मान्य हुने खालको साझा नाम राखिने मन्त्री कार्कीको भनाइ छ। अर्को प्रसंग बोल्दै मन्त्री कार्कीले भने, 'कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा रोकथाममा संघीय सरकार र स्थानीय सरकारको बीचमा रहेर प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको छ।'

सरकारले छिट्टै सबै नागरिकका लागि कोरोनाविरुद्ध खोप व्यवस्थापन लागिरहेको पनि उनको भनाइ थियो।   लामो समयदेखि विवादित बनेको प्रदेशको नामकरणको सन्दर्भमा सगरमाथा, कोशी वा कोशी–सगरमाथामध्ये एक हुने प्रदेश सरकार स्रोतले जनाएको छ।

सम्बन्धित समाचार