२०८३ बैशाख १५ गते , मंगलबार

थप २७४५ संक्रमण पुष्टि, ४१८७ जना कोरोनामुक्त, ४१ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १ गते , मंगलबार
थप २७४५ संक्रमण पुष्टि, ४१८७ जना कोरोनामुक्त, ४१ जनाको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४१८७ जनाले कोरोना जितेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो । 
यस्तै बितेको २४ घण्टामा ४१ जनाले ज्यान गुमाएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणका ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट भएको परीक्षणका २२ हजार ४०३ जना रहेका छन् ।  यस्तै निको हुने कुल संख्या ५ लाख ४० हजार ४३९ जना रहेको छ भने मृतकको कुल संख्या ८५०६ पुगेको छ।  

सम्बन्धित समाचार