२०८३ बैशाख १५ गते , मंगलबार
३०८२ जना कोरोनामुक्त, थपिए २८२८ संक्रमित, ५२ जनाको मृत्यु
झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार ८ हजार ६ सय ८७ जनाको पिसिआर र ४ हजार तीन सय ३५ जनाको एन्टिजेन गरी कूल १३ हजार २२ जनाको कोरोना परीक्षण गरिएको छ।
पछिल्लो समय कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार पाँच सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै,तीन हजार ८२ जना कोरोना संक्रमणबाट निको भएका छन। हालसम्म ५ लाख ४३ हजार पाँच सय २१ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।