२०८३ बैशाख १५ गते , मंगलबार

झापामा २२७ जना कोरोनामुक्त, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार ३ गते , विहीबार
झापामा २२७ जना कोरोनामुक्त, एक जनाको मृत्यु

झापा। झापामा बिहीबार ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार  ३३ महिलासहित ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै आज एक जना सङ्क्रमितको मृत्यु भएको छ। जसमा फाल्गुननन्द–५ का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दमकमा ३ महिलासहित ६ जना, बिर्तामोडमा ७ महिलासहित १८ जना, गौरादहमा १ जना महिला, मेचीनगरमा १ महिलासहित ५ जना, भद्रपुरमा ३ महिलासहित ४ जना, कनकाईमा २ महिलासहित ८ जना, हल्दिबारीमा ६ महिलासहित १० जना, जना अर्जुनधारामा ५ महिलासहित ९ जना, बुद्वशान्तिमा १ महिलासहित २ जना, कमलमा २ महिलासहित ३ जना, शिवसताक्षीमा २ महिलासहित ५ जना र बाह्रदशीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १२७००, डिस्चार्ज १०१८८, आइसोलेसनमा २२१७ जना, कुल संक्रमित एन्टिजेन १६७३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या ३१२ जना र आज निको भएर घर फर्किएका २२७ जना रहेको छ । 

सम्बन्धित समाचार