झापामा कोरोना सङ्क्रमणबाट श्रीमतीको मृत्यु भएको ६ दिनपछि श्रीमानको पनि मृत्यु
झापामा कोरोना सङ्क्रमणबाट श्रीमतीको मृत्यु भएको ६ दिनपछि श्रीमानको पनि मृत्यु
झापा । कोरोना सङ्क्रमणबाट श्रीमतीको मृत्यु भएको ६ दिनपछि श्रीमानको पनि मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका नम्बर २ निवासी ६० वर्षीया मनसरी राजवंशीको गत शनिवार बिर्ता सिटी हस्पिटलमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
त्यसको ६ दिनपछि उनका श्रीमान् डिल्लीचन्द राजवंशीको बिहीबार बिहान मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रसित ७० वर्षीय डिल्लीचन्दलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर , हिजो परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
बिएण्डसी हस्पिटलमा उपचाररत डिल्लीचन्दलाई हस्पिटलबाट घरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । मृतकका एक छोरी र तीन छोरा रहेका छन् । नेपाली काँग्रेस साबिक राजगढका पूर्व सभापति डिल्लीचन्द र उनकी श्रीमतीको निधनले बाह्रदशी शोकाकुल बनेको छ ।