२०८३ बैशाख १५ गते , मंगलबार

कोरोना संक्रमणदर घट्दै, २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार ५ गते , शनिबार
कोरोना संक्रमणदर घट्दै, २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २ हजार ४ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।  ७ हजार १० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ८९ दशमलब ३ प्रतिशत पुगेको छ। मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ।  हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७६ पुगेको मन्त्रालयको तथ्यांक छ। 

सम्बन्धित समाचार