२०८३ बैशाख १५ गते , मंगलबार

झापामा कोरोनाबाट थप ६ जनाको मृत्यु, १८९ जना सङ्क्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ असार ५ गते , शनिबार
झापामा कोरोनाबाट थप ६ जनाको मृत्यु, १८९ जना सङ्क्रमणमुक्त

झापा । झापामा कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । त्यस्तै  १०९ जना संक्रमित थपिएका छन् ।

कोरोनाबाट मृत्यु हुनेमा कनकाई–३ की ६२ वर्षीया महिला, बाह्रदशी–५ की ७६ वर्षीया महिला, दमक–७ का ४२ वर्षीय पुरुष, कनकाई–५ का ९१ वर्षीय पुरुष, कमल–३ की ७४ वर्षीया महिला र बिर्तामोड–१० का ८४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै थपिएका सङ्क्रमितमध्ये दमकमा २२ महिलासहित ४२ जना, बिर्तामोडमा ७ महिलासहित १२ जना, मेचीनगरमा २ महिलासहित ३ जना, भद्रपुरमा ५ महिलासहित १२ जना, कनकाईमा १ जना महिला, अर्जुनधारामा १ जना पुरुष, कचनकवलमा १ जना महिला, कमलमा २ महिलासहित ३ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना र बाह्रदशीमा १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १२८५६, डिस्चार्ज १०५८९, आइसोलेसनमा १९६० जना, कुल संक्रमित एन्टिजेन १७५९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या ३२४ जना र आज निको भएर घर फर्किएका १८९ जना रहेको जनाइएको छ । 

सम्बन्धित समाचार