२०८३ बैशाख १५ गते , मंगलबार

यूथ फर सेवाद्वारा झापाका चार स्थानीय तहलाई स्वास्थ्य सामग्री 

sajilo news
पार्थ मण्डल
२०७८ असार ६ गते , आईतबार
यूथ फर सेवाद्वारा झापाका चार स्थानीय तहलाई स्वास्थ्य सामग्री 

झापा । सामाजिक संस्था यूथ फर सेवाले झापाका चार वटा स्थानीय तहमा सञ्चालित आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको  यूथ फर सेवाले भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

हिमानी कोष झापाका अगुवा पुनम सिंह राजवंशीको पहलमा भद्रपुर कोभिड आइसोलेसन केन्द्र कलवलगुरीलाई २ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा  लगायतका स्वास्थ्य सामाग्री नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । त्यस्तै हल्दिबारी २ स्थित कोभिड आइसोलेसन केन्द्रलाई एक थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनलाई हस्तान्तरण गरिएको छ ।

बाह्रदशी -१ भागुडुब्बास्थित कोभिड आइसोलेसन केन्द्रलाई १ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी कचनकवल ६ स्थित कोभिड आइसोलेसन केन्द्र बनियानीलाई १ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामाग्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई मार्फत हस्तान्तरण गरिएको राजवंशीले बताइन् । वितरण कार्यक्रममा छेवाङ्ग कर्मा तामाङ, सन्दीप माझी, कुमार कालिकोटे लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार