२०८३ बैशाख १५ गते , मंगलबार
बीएण्डसी अस्पतालमा पोस्ट कोभिडका लागि प्याकेजमा उपचार सेवा
झापा । कोभिड निको भएका पोस्ट कोभिडका बिरामीहरूमा देखिने समस्याका लागि बीएण्डसी हस्पिटलले प्याकेजमा उपचार सेवा सुरु गरेको छ । कोभिड निको भएपछि धेरै जनालाई पोस्ट कोभिड भएपछि पोस्ट कोभिड वार्ड सञ्चालन गर्दै आएको बीएण्डसीले आजदेखि पोस्ट कोभिड प्याकेज सुरु गरेको हो ।
त्यस प्याकेजमा पोस्ट कोभिड वार्डलगायत त्यसअन्तर्गतका छातीको एक्स-रे ,अल्ट्रासाउन्ड , ब्लड टेस्टलगायतका सम्पूर्ण उपचारहरू प्रदान गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले कोरोना संक्रमितहरु निको हुने क्रमसँगै पोस्ट कोभिडका बिरामीहरूको सङ्ख्या बढ्दै गएको जानकारी दिए ।