२०८३ बैशाख १५ गते , मंगलबार

झापामा थपिए १६५ संक्रमित, ७८ जना कोरोनामुक्त, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार ८ गते , मंगलबार
झापामा थपिए १६५ संक्रमित, ७८ जना कोरोनामुक्त, एक जनाको मृत्यु

झापा। झापामा मंगलबार १६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ५९ महिलासहित १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै आज एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कुस्माय–५ की २५ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा १३ महिलासहित ३८ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा ८ महिलासहित १८ जना, भद्रपुरमा ७ महिलासहित २२ जना, कनकाईमा ४ महिलासहित ११ जना, हल्दिबारीमा २ जना महिला, अर्जुनधारामा ७ महिलासहित १२ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, कमलमा १ जना महिला, शिवसताक्षीमा ६ महिलासहित ८ जना र बाह्रदशीमा १ महिला, झापामा २ महिलासहित ३ जना र ठेगाना नखुलेका २ जना महिलामा कोरोना पुष्टि भएको छ । 
योसँगै झापामा संक्रमितको संख्या १३१५९, डिस्चार्ज १०९९७, आइसोलेसनमा १८५१ जना, कुल संक्रमित एन्टिजेन १८४८ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३३० जना र आज निको भएर घर फर्किएका ७८ जना रहेको छ ।

सम्बन्धित समाचार