२०८३ बैशाख १५ गते , मंगलबार

२४७४ नयाँ संक्रमित थपिँदा २५१८ जना कोरोनामुक्त, २४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १० गते , विहीबार
२४७४ नयाँ संक्रमित थपिँदा २५१८ जना कोरोनामुक्त, २४ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही समयमा १२ हजार दुई सय ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

साथै दुई हजार पाँच सय १८ जना कोरोनामुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ जना पुगेको छ। काठमाडौं उपत्यकाभित्र तीन सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्। जसमा काठमाडौंमा दुई सय ३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना रहेका छन्।

सम्बन्धित समाचार