२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुर र बिर्तामोडमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १२ गते , शनिबार
भद्रपुर र बिर्तामोडमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

झापा । झापामा कोरोना संक्रमितहरुको मृत्युदर शून्यमा झर्न सकेको छैन । प्रत्येक दिन कसै न कसैको मृत्यु हुने भइरहेको छ । यसै क्रममा आज दुई जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र अर्का पुरुष रहेका छन् । बिर्तामोड नगरपालिका  ५ की ४९ वर्षिया महिलाको आज बिहान ११.३० बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ भने भद्रपुर नगरपालिका ७ का २५ वर्षिय पुरुषको बिहान ८.२५ बजे मेची अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३४० पुगेको छ । यसैबीच पछिल्लो चौबीस घण्टामा झापामा ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १९ जना महिला रहेका छन् ।

बुद्धशान्तिमा ३ महिला र ८ पुरुष गरी सबैभन्दा बढी ११ जना संक्रमित भएका छन् । त्यस्तै दमकमा ५ महिलासहित ९ जना , भद्रपुरमा ६ महिलासहित ९ जना ,बिर्तामोडमा ४ महिलासहित ६ जना , मेचीनगरमा ३ पुरुष ,हल्दिबारीमा एक महिलासहित ३ जना र अर्जुनधारामा एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै झापामा कूल संक्रमितको सँख्या १५ हजार ४४८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८६ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सँख्या ११ हजार ६०० पुगेको छ ।

सम्बन्धित समाचार