२०८३ बैशाख १५ गते , मंगलबार

२४४४ संक्रमित थपिँदा ३८५३ जना कोरोनामुक्त, ४२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १४ गते , सोमबार
२४४४ संक्रमित थपिँदा ३८५३ जना कोरोनामुक्त, ४२ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६ सय ४० जनाको कोरोना परीक्षण गरिएको छ।  कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ।

त्यस्तै, तीन हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा उल्लेख। तथ्यांकअनुसार  हाल सम्म पाँच लाख ८८ हजार एक सय ८७ जना कोरोना मुक्त भएका छन्।

सम्बन्धित समाचार