२०८३ बैशाख १५ गते , मंगलबार
थपिए २६३६ कोरोना संक्रमित, २० जनाको मृत्यु
झापा । देशभर पछिल्लो समय थप दुई हजार ६ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११ हजार सात सय ४८ जनाको कोरोना परीक्षण गरिएको थियो।
२४ घण्टाभित्र कोरोनाबाट चार हजार तीन सय ४८ मुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ जना पुगेको मन्त्रालयले जनाएको छ। उपत्यकामा काठमाडौंमा तीन सय २,भक्तपुरमा ५६ र ललितपुरमा एक सय जना गरी कूल चार सय ५८ जना कोरोना संक्रमित भेटिएका छन्।