२०८३ बैशाख १५ गते , मंगलबार

झापामा कोरोनाबाट थप पाँच जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १६ गते , बुधबार
झापामा कोरोनाबाट थप पाँच जनाको मृत्यु

झापा । झापामा आज बुधवार कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलामको माई नगरपालिका–३ का ३२ वर्षीय पुरुष, मेचीनगर नगरपालिका–९ की ३२ वर्षीया महिला, इलामको माई नगरपालिका–२ का ६९ वर्षीय पुरुष, अर्जुनधारा नगरपालिका–१० का ६६ वर्षीय पुरुष र बिर्तामोड नगरपालिका–३ का ७३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३५४ जना पुगेको छ । 

सम्बन्धित समाचार