२०८३ बैशाख १५ गते , मंगलबार

थपिए २७६० नयाँ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १७ गते , विहीबार
थपिए २७६० नयाँ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार ९ सय ८५ जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या हालसम्म ९ हजार एक सय ४५ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। चार हजार १७ जना भने कोरोनामुक्त भएका छन्। 

काठमाडौं उपत्यकाभित्र काठमाडौंमा तीन सय १६,भक्तपुरमा २९ र ललितपुरमा ७४ गरी कूल चार सय १९ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन्।

सम्बन्धित समाचार