२०८३ बैशाख १५ गते , मंगलबार

झापामा थपिए ११८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १८ गते , शुक्रबार
झापामा थपिए ११८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

झापा । झापामा शुक्रवार ११८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज एक जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड–४ का ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

थपिएका सङ्क्रमितमध्ये  दमकमा ९ महिलासहित १२ जना, बिर्तामोडमा ४ महिलासहित १७ जना, गौरादहमा १ जन पुरुष, मेचीनगरमा ९ महिलासहित १७ जना, भद्रपुरमा १२ सहित १८ जना, कनकाईमा ४ महिलासहित ६ जना, हल्दिबारीमा १ जना पुरुष, अर्जुनधारामा २ महिलासहित ४ जना, बुद्वशान्तिमा १ जना पुरुष, कमलमा १ जना पुरुष, शिवसताक्षीमा ४ महिलासहित ७ जना र बाह्रदशीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १४१०३, डिस्चार्ज १२३२२, आइसोलेसनमा १४५३ जना, कुल संक्रमित एन्टिजेन २३१६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या ३५५ जना र आज निको भएर घर फर्किएका १२० जना रहेको छ । 

सम्बन्धित समाचार