२०८३ बैशाख १५ गते , मंगलबार

तिम्ल्याहा सन्तान जन्माएकी भद्रपुरकी महिलालाई दिए स्वास्थ्यकर्मी भट्टराईले लत्ताकपडा र खाद्यान्न सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ असार २६ गते , शनिबार
तिम्ल्याहा सन्तान जन्माएकी भद्रपुरकी महिलालाई दिए स्वास्थ्यकर्मी भट्टराईले लत्ताकपडा र खाद्यान्न सामग्री

भद्रपुर । भद्रपुरकी एक २२ बर्षीया महिलाले तिम्ल्याहा सन्तान जन्म दिएकी छिन् । भद्रपुर नगरपालिका ३ स्थित भैसाबाडी निवासी विपन्न परिवारकी २२ बर्षीया आरती तातीले दुई छोरी र एक छोरालाई एकै पटक जन्म दिएकी छिन् । उनले तीन महिना अघि मेची अस्पताल भद्रपुरको प्रसूति गृहमा शल्यक्रियामार्फत तिम्ल्याहा सन्तान जन्म दिएकी हुन् ।

महिलासहित तीनै जना बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । तिम्ल्याहा सन्तान जन्म दिएकी परिवारका सदस्यलाई भद्रपुर नगरपालिका स्वास्थ्य शाखा फोकल पर्सन मनोज भट्टराईले लत्ताकपडा, खाद्य सामग्री र पोषणयुक्त खानेकुरा दिएका छन् । भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर घरमै पुगेर ती महिलाको परिवारलाई उक्त सामग्री दिएको बताइएको छ । कोरोना सङ्क्रमणपछि लागेको निषेधाज्ञाले विपन्न ती परिवारको आर्थिक अवस्थालाई मध्यनजर गरी राहत स्वरूप केही सामग्री प्रदान गरिएको फोकल पर्सन भट्टराईले जानकारी दिए । 

सम्बन्धित समाचार