२०८३ बैशाख ७ गते , सोमबार

झापामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार २८ गते , सोमबार
झापामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

झापा । झापामा लागु औषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ६ निवासी २३ वर्षीय रियाज अन्सारी र सोही नगरपालिका ४ निवासी २१ वर्षीय सञ्जय प्रधान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार शिवसताक्षी ६ स्थित बजारमा को ७ प ४९०६ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय शिबगंजको टोली शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नगद १३ हजार बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

 

सम्बन्धित समाचार