२०८३ बैशाख १५ गते , मंगलबार

थपिए २३७० कोरोना संक्रमित, १८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २८ गते , सोमबार
थपिए २३७० कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय दुई हजार तीन सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार पाँच सय ८४ जनाको कोरोना परीक्षण गरिएको थियो।

एक हजार एक सय ३३ जना कोरोनामुक्त भएका छन् भने संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ।  काठमाडौंमा दुई सय ८९,भक्तपुरमा ५४ र ललितपुरमा ९० गरी उपत्यकाभित्र चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार