२०८३ बैशाख १५ गते , मंगलबार

कोभिडविरुद्धका दुई प्रकारका खोप भोलिदेखि दिइने, शिक्षक, कर्मचारी र चालक पनि लगाउन पाउने

sajilo news
पार्थ मण्डल
२०७८ असार २८ गते , सोमबार
कोभिडविरुद्धका दुई प्रकारका खोप भोलिदेखि दिइने, शिक्षक, कर्मचारी र चालक पनि लगाउन पाउने

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप अभियान (भोलि) मंगलबारबाट सञ्चालन हुने भएको छ।
चीनबाट २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज, मंगलबार अमेरिकी सहयोगमा काठमाडौं आएको जोनसनको खोप भोलिदेखि लगाउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले २९ गतेबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। चिनियाँ खोप खोपको पहिलो प्राथमिकतामा ५५ वर्ष माथिका पहिलो मात्रा खोप लगाउन छुटेका सबै नागरिकलाई लगाइने भएको छ।

त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापन, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिका साथै खोप अनिवार्य गरिएको विदेश जाने नागरिकलाई चीनबाट ल्याइएको भेरोसेल लगाइने भएको छ। 

साथै अमेरिकाको सहयोगमा आज (सोमबार) नेपाल आएको जोन्सन एण्ड जोन्सन खोपको पहिलो प्राथमिकतामा ५० देखि ५४ उमेर समूहकालाई लगाइने भएको छ। पूर्ण र अतिअशक्त अपांगता 'क' र 'ख' वर्गका सबै नागरिक, नेपालमा बसोवास गरेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई अमेरिकी खोप लगाइने भएको छ।

सम्बन्धित समाचार