खुकुलो निषेधाज्ञा : झापामा एकैदिन सात जनाको कोरोनाबाट मृत्यु
झापा । झापामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण र मृत्यु दर निकै बढ्दै गएको छ । त्यसक्रममा आज ७ जना सङ्क्रमितको मृत्यु भएको छ । बिर्ता सिटी हस्पिटलमा दुई जना , मेची अस्पतालमा दुई जना , दमकको लाइफलाइन हस्पिटल र आम्दामा एक–एक जना तथा होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।
बिर्ता सिटी हस्पिटलमा बिर्तामोड ५ की ४० वर्षिया महिला र बिर्तामोड ६ की ७५ वर्षिया महिलाको मृत्यु भएको छ भने मेची अस्पतालमा कनकाई ३ का ४५ वर्षीय पुरुष र मेचीनगर ३ का ८३ वर्षीय पुरुषको ज्यान गएको छ । त्यस्तै मोरङ रतुवा माई १० का ७९ वर्षीय पुरुष र दमक ४ का ७० वर्षीय पुरुषको लाइफलाइन अस्पतालमा मृत्यु भएको छ । त्यसै गरी भद्रपुर १० का ४९ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा आज ७३ महिला र ७५ पुरुष गरी १४८ जनालाई कोरोना संक्रमण भएको छ ।हिजो जिल्लाका ३१५ जनालाई संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८३ पुगेको छ भने कूल सङ्क्रमितको सङ्ख्या १८ हजार १८८ पुगेको छ । त्यसमध्ये १३ हजार ३३० जना डिस्चार्ज भएका छन् । झापामा अहिले २३५७ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।