२०८३ बैशाख १५ गते , मंगलबार

खुकुलो निषेधाज्ञाले झापामा संक्रमणदर घट्ने, आज थपिए १७७ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ असार ३० गते , बुधबार
खुकुलो निषेधाज्ञाले झापामा संक्रमणदर घट्ने, आज थपिए १७७ संक्रमित

झापा  । झापामा बुधवार १७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ८२ महिलासहित १७७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ । त्यस्तै आज बिर्तामोडकी ८३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

थपिएका सङ्क्रमितमध्ये दमकमा २८ महिलासहित ६१ जना, बिर्तामोडमा १४ महिलासहित २४ जना, मेचीनगरमा ९ महिलासहित १५ जना, भद्रपुरमा १२ महिलासहित २७ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दीबारीमा २ महिलासहित ३ जना, अर्जुनधारामा ३ महिलासहित ६ जना, बुद्वशान्तिमा १ महिलासहित २ जना, कचनकवलमा १ महिलासहित २ जना, कमलमा १ महिलासहित २ जना, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा १ जना महिला, झापामा १ जना महिला र ठेगाना नखुलेका १ महिलासहित ३ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १५ हजार ४६३, डिस्चार्ज १३ हजार ४४७, आइसोलेसनमा १ हजार ६६६ जना र मृत्यु हुनेको सङ्ख्या ३८४ जना रहेको जनाइएको छ । 

सम्बन्धित समाचार