२०८३ बैशाख १५ गते , मंगलबार
१८७५ कोरोना संक्रमित थपिँदा २१ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ५८ पिसिआर परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टिजेन परीक्षणमा ५ सय ६५ जना गरी १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो।
बितेको २४ घण्टामा २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट थप २१ जनाको ज्यान गएको छ। हालसम्म कुल ९ हजार ५ सय २७ जनाको ज्यान गइसकेको छ।