२०८३ बैशाख १५ गते , मंगलबार
झापामा कोरोनाबाट दुई जनाको मृत्यु, थपिए १४४ संक्रमित
झापा । पछिल्लो २४ घण्टामा झापामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । त्यस्तै आज १४४ जना नयाँ संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का ५७ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा र भद्रपुर नगरपालिका ९ की ७१ वर्षीया वृद्ध महिलाको ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या झापामा ३९४ पुगेको छ । थपिएका सङ्क्रमितमध्ये एन्टिजेन ६९ सहित मेचीनगरमा ७७, दमकमा ३६, बिर्तामोडमा ८, गौरादहमा २, भद्रपुरमा ७, कनकाई २, अर्जुनधारामा १, गौरीगञ्जमा १, शिवसताक्षीमा ४, झापा गाउँपालिका १ र ठेगान नखुलेका ४ जना रहेका छन् । योसँगै झापामा कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ७३२ पुगेको छ । त्यसमध्ये १३ हजार ७८८ डिस्चार्ज भएका छन् ।