२०८३ बैशाख ४ गते , शुक्रबार

‘देउवालाई श्रीमान ५ ले प्रधानमन्त्री बनाएको हो’

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३ गते , आईतबार
‘देउवालाई श्रीमान ५ ले प्रधानमन्त्री बनाएको हो’

झापा । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमान ५ बाट नियुक्त भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावमाथि आफ्नो धारणा राख्दै उनले यस्तो भनेका हुन् ।  ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताए ।

नेता ज्ञवालीले दलको विभाजनले प्रजातन्त्र कमजोर हुने पनि बताएका छन् । उनले सर्वोच्चको फैसलामार्फत निर्दलीयता जस्केलाबाट छिरेको बताएका छन्। ‘अन्तिपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउबालाई प्रधानमन्त्रीबाट हटाएका थिए। त्यसैले दलको विभाजनले गर्दा प्रजातन्त्र कमजोर हुन्छ। लोकतन्त्र कमजोर हुन्छ ।’

सम्बन्धित समाचार