२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगरका स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचय पत्र वितरण

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १० गते , आईतबार
मेचीनगरका स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचय पत्र वितरण

झापा । मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा स्वास्थ्य चौकीले ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण गरेको छ । 
दशकौँदेखि प्रत्येक गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा र परामर्श प्रदान गर्दै आए पनि उनीहरूसँग आफ्नो पहिचान खुल्ने परिचय पत्र थिएन । आगामी दिन उनीहरूमा थप हौसला र ऊर्जा मिलोस् भन्दै चौकीले आफ्नो क्षेत्रभित्रका ३१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचय पत्र प्रदान गरेको चौकी प्रमुख सिनियर अहेव लेखनाथ खतिवडाले जानकारी दिए । उनले परिचय पत्रले काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
दशकौँदेखि निःस्वार्थ, निःशुल्क स्वास्थ्य जस्तो विषयमा मानवीय भावले काममा खटे पनि सामान्य परिचय पत्र विहीन थिए । चौकीका अहेव विष्णुप्रसाद घिमिरेले भने, 'अब उहाँहरूले आफ्नो परिचय दिइरहनु पर्दैन परिचय पत्र नै बोल्छ ।' सबैलाई चौकी प्रमुख खतिवडा र अहेव घिमिरेले दर्जनौँ स्वास्थ्यकर्मीहरूको उपस्थितिमा परिचय पत्र प्रदान गरिएको अनमि विद्या मैनाली सिवाकोटीले बताइन् । 

सम्बन्धित समाचार