२०८३ असार ७ गते , आईतबार
चट्याङ लागेर बिर्तामोडमा ईभी चार्जिङ स्टेसनमा आगलागी
चट्याङका कारण झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम स्टेनस्थित एक ईभी (विद्युतीय सवारी) चार्जिङ स्टेसन तथा सर्भिस सेन्टरमा आगलागी भएको छ।
आज बिहान करिब ४ः४० बजे वर्षासँगै परेको चट्याङका कारण विकास बस्नेतले सञ्चालन गरेको ट्रस र टिनले बनेको चार्जिङ स्टेसनमा अचानक आगो लागेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बिहान ५ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट चार्जिङ स्टेसन पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।