२०८३ बैशाख १९ गते , शनिबार

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, आज थपिए ३८९९ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १२ गते , मंगलबार
नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, आज थपिए ३८९९ संक्रमित

झापा । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन्। १२ हजार ६ सय ५५ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय २६ जना र ४  हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ७३ जना गरी ३ हजार ८ सय ९९ जना संक्रमित भेटिएका हुन्।

यही समयमा १ हजार ७ सय ७८ जना संक्रमित सन्चो भएर घर फर्किएका छन्। आज २० जना संक्रमितको मृत्यु भएको छ भने हाल सम्म ९ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ। यस्तै आज काठमाडौंमा ४७५ भक्तपुर १३२ ललितपुर १६७ जना संक्रमित भेटिएका छन्। निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना संक्रमित बढेका छन्।

 

सम्बन्धित समाचार