२०८३ बैशाख १९ गते , शनिबार

कोरोनाबाट झापामा थप चार जनाको मृत्यु, थपिए ३१२ संक्रमित 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १२ गते , मंगलबार
कोरोनाबाट झापामा थप चार जनाको मृत्यु, थपिए ३१२ संक्रमित 

झापा । झापामा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ ।  जिल्लामा मङ्गलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज थप चार जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यसमध्ये तीन जना झापा र एक जना पथरीका छन् । पथरी घरका सङ्क्रमितको दमकमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिर्तामोड, कमल र शिवसताक्षीमा एक-एक जना सङ्क्रमितको मृत्यु भएको छ । दुई जनाको  बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४३२ पुगेको छ । 

सम्बन्धित समाचार