२०८३ बैशाख ४ गते , शुक्रबार
बालबालिकाले फेला पारे ग्रिनेड बम, सेनाद्वारा डिस्पोज
झापा । इटहरीमा ग्रिनेड बम फेला परेको छ । इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा शनिवार बिहान एक बालकले बम फेला पारेको हो ।
सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बालबालिकाले शङ्कास्पद वस्तु फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
बम डिस्पोजलको टोली आएर जाँच गरेपछि उक्त शङ्कास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । सो बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम कसले किन राख्यो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।