२०८३ बैशाख ४ गते , शुक्रबार

नेकपा एमालेको झापा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ५ गते , शनिबार
नेकपा एमालेको झापा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित

झापा । नेकपा एमालेको झापा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । २०७८ साल वैशाख ३ गते माधव नेपाल–झलनाथ खनाल पक्षको नेकपा एमाले झापा जिल्ला कमिटी गठन भएको थियो ।

सो कमिटीको शनिवार बिर्तामोडमा बसेको बैठकले हाल माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको हो । पुराना कम्युनिस्ट नेता वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन् ।

सो सिङ्गो कमिटी समाहित भएको जनाइएको छ । रेग्मीको अध्यक्षतामा नरेश खरेलको प्रमुख आतिथ्यमा पार्टी सचिव बरालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू लोकबन्धु कन्दङ्वा, गोपी गिरी,सन्तलाल मेचे, रोमणि भट्टराई, वेदनिधि निराला, धर्मराज सिवाकोटीलगायतको सहभागिता रहेको थियो । विस्तारित बैठकले भदौ १२ गते विस्तारित भेलाको आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

सम्बन्धित समाचार