२०८३ बैशाख ४ गते , शुक्रबार

कचनकवलमा ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ९ गते , बुधबार
कचनकवलमा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । दक्षिणी झापाको कचनकवलमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकबल ५ निवासी ३७ वर्षीय उपेन्द्रलाल गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
  जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले  बुधबार दिउँसो ३ बजे  गणेशलाई चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो। ब्राउन सुगरसहित पक्राउ उनलाई आवश्यक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । 

सम्बन्धित समाचार