२०८३ बैशाख ४ गते , शुक्रबार

प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
प्रदेश १ को  संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै

झापा । प्रदेश नम्बर १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।

शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाई भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो। वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।  उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।

सम्बन्धित समाचार