२०८३ बैशाख ४ गते , शुक्रबार
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले लिए शपथ
झापा । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमाले संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।