२०८३ बैशाख ४ गते , शुक्रबार

ओलीको गृह नगर दमकमा नेपालको एकीकृत समाजवादीको पुष्पलाल मित्रता र अखिल फोर्स गठन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
ओलीको गृह नगर दमकमा नेपालको एकीकृत समाजवादीको पुष्पलाल मित्रता र अखिल फोर्स गठन
झापा । दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स नगर कमिटी एकैसाथ गठन गरिएको छ । पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा शनिवार एक कार्यक्रम गरी एकैसाथ ती कमिटी गठन गरिएका हुन् ।
पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमिरे ,उपाध्यक्षद्वयमा बिराटजंग जबेगु (लिम्बु), कमला प्रसाईँ, सचिवमा सुमन कार्की, सहसचिवमा अनिलदेव राई
र कोषाध्यक्षमा प्रेम भुजेल चुनिएका छन् । यस्तै, सदस्यहरूमा चन्द्र थापा,सौरभ भट्टराई, नरेश भण्डारी, युवराज दुलाल,कमल न्यौपाने ,ललित माझी ,किरण भट्टराई , मदन गुरुङ ,खगेन्द्र नेपाल ,उमेश चौलागाईं ,प्रबल भण्डारी , डम्बर आङदेम्बे ,खगेन्द्र कार्की ,जुलन गजमेर (उमेश) , कल्पना श्रेष्ठ ,मनकुमार दर्नाल ,राजु भट्टराई , देवीमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी चुनिएका छन् ।
यसैगरी केन्द्र प्रसाईँको संयोजकत्वमा एक सल्लाहकार कमिटी समेत गठन गरिएको छ । सल्लाहकार कमिटीको सदस्यहरूमा शान्तिराम आचार्य, हरि नेपाल, भीम दाहाल, टीका प्रसाईँ, जीवन सेडाई, मदन ढकाल, चैतन्य लामिछाने (निर्मल), मदन पौडेल, तीर्थ नेपाल, तीर्थनारायण श्रेष्ठ, लालबहादुर श्रेष्ठ, कमल कटुवाल, लक्ष्मी खनाल , शशी पौडेल, नारायण प्रसाईँ, विष्णु न्यौपाने र चित्र ढकाल रहेका छन् ।

अखिल फोर्स दमक नगर कमिटी
सोही अवसरमा रतन भण्डारीको अध्यक्षतामा २१ सदस्यीय अखिल फोर्स नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सावन ढकाल, सचिवमा अभिषेक घिमिरे, सहसचिवद्वयमा दीपक भट्टराई, मञ्जुल भट्टराई र कोषाध्यक्षमा शिव कुलुङ चुनिए भने सदस्यहरूमा आयुष्मान् पोख्रेल,रबिन अधिकारी ,सुजन भण्डारी ,मदन विश्वकर्मा,मनिप धिमाल,सुनिल निरौला, एन्जिल खरेल, हेमराज मगर, मोहम्मद अलि, सनम राई, मुकेश खत्री ,सजल आचार्य , अशोक राई, सुशान राई चुनिएका छन् ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) झापाका नेता नीलमणि बराल र अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, केन्द्रीय सदस्य मदन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार