२०८३ बैशाख ४ गते , शुक्रबार

कांग्रेस महाधिवेशन : झापा जिल्ला सभापतिमा कट्टेल र थेवेको उम्मेदवारी घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
कांग्रेस महाधिवेशन : झापा जिल्ला सभापतिमा कट्टेल र थेवेको उम्मेदवारी घोषणा

झापा । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिए । जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए ।

उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए ।“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गछौं । यसको मुख्य आधार भनेको पार्टीको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो”, उनले भने, “त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ ।”जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरेका उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।


सम्बन्धित समाचार