२०८३ बैशाख ६ गते , आईतबार

नसर्ने भयो काँग्रेस झापाको वडा अधिवेशन, भदौ १८ गते नै १३१ वडामा निर्वाचन

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १६ गते , बुधबार
नसर्ने भयो काँग्रेस झापाको वडा अधिवेशन, भदौ १८ गते नै १३१ वडामा निर्वाचन

झापा । नेपाली कांग्रेस झापाको वडा अधिवेशन भदौं १८ गतेबाट प्रारम्भ हुने भएको छ । नेपाली कांग्रेस झापाको मंगलबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले समय व्यवस्थापन भन्दै भदौ १९ देखि निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको भएपनि केन्द्रीय समितिको निर्देशन बमोजिम १८ गतेबाट निर्वाचन प्रक्रिया शुरु हुने नेपाली काँग्रेस झापाका प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँइले जानकारी दिए ।

झापाका १५ पालिकाका १३१ वटै वडामा १७ गतेसम्ममा मतदान अधिकृत पुग्ने र सहमति भएका वडाहरुमा १८ गतेबाटै निर्वाचन सम्पन्न गर्ने झापाका लागि जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले बताए ।

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाका अनुसार जिल्लाका १३१ वटै वडामा मतदान अधिकृत तय गरिसकिएको छ । तोकिएका मतदान अधिकृतलाई भदौ १७ गते प्रशिक्षण दिएर सोही दिन वडा कार्यालय पठाइने छ ।

सहमति भएका वडामा भदौ १८ मा निर्वाचन सम्पन्न हुनेछ भने मतदान गर्नुपर्ने अवस्था भएका वडामा भोलिपल्ट भदौ १९ गतेबाट उम्मेद्वारी दर्तालगायतका प्रक्रिया अघि बढाइने सभापति थापाले जानकारी दिए ।

सम्बन्धित समाचार